नेपाली समाज यूएईको आयोजनामा वक्तित्व कला कार्यक्रम सम्पन्न ।

दुबई  – हिजो आईतवार ९ मार्च, २०२५ का दिन नेपाली समाज यूएईको आयोजनामा ११५औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर खुल्ला वक्तित्व कला प्रतियोगिता अल फाहिदी (बरदुबइ) को बलिउड रेष्टुरेण्टको सभा हलमा सफलता पुर्वक सम्पन्न भयको छ।

 

यूएईमा कार्यरत रहेका नेपाली महिला दिदिबहिनीहरूको नेतृत्व क्षमता अभिवृद्दि गर्ने उदेश्यले महिला सशक्तिकरण अभियान स्वरूप दोस्रो पटक आयोजना गरियको उक्त कार्यक्रममा करिब ४० जनाले नाम दर्ता गराएता पनि २७ जना प्रतियोगीहरूले आफ्नो प्रस्तुति दिनु भएको थियो।उक्त प्रतियोगितामा यूएई लाई कर्मथलो बनाएर बस्नुहुने महिला दिदिबहिनीहरूको ब्यापक उपस्थिती रहेको थियो। नेपाली समाज यूएईका अध्यक्ष आदरणीय व्यक्तित्व श्री राम मोक्तान ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा नेपाली रादूतावास अबुधाबी का कार्यवाहक राजदुत तथा नियोग उप प्रमुख श्री रन्जिता दाहाल, विशेष अतिथीमा महामहिम राजदुत ज्यु की धर्मपत्नि श्रीमती रिता धिताल क्षेत्री ज्यु लगायत दूतावासमा कार्यरत विशिष्ट कर्मचारीहरूका परिवार, प्रमुख सल्लाहकार ज्यु, एनआरएनए एनसिसी यूएइ अध्यक्ष ज्यु, निवर्तमान सल्लाहकार ज्युहरू, निबर्तमान सल्लाहकार एवं निर्णायक मण्डल संयोजक श्री निमेष गिरी ज्यु, निबर्तमान सल्लाहकार एवं निर्णायक मण्डल सदस्य श्री लक्ष्मण खनाल ज्यु, पार्षद अध्यक्ष श्री कमल गिरि ज्यु, समाजसेवी श्री कल्पना राइ ज्यु, पाल्पाली समाज युएई कि अध्यक्ष श्री ओम कुमारी खाँण ज्युहरु ले आफ्नो भुमिका निर्वाह गर्नु भएको थियो, निर्णायक मण्डलहरूको सहजिकरण उपाध्यक्ष श्री केदार कुँवरले गर्नु भएको थियो।

 

उक्त कार्यक्रममा विभिन्न तह र तप्काका सामाजिक व्यक्तित्व हरुका साथमा निबर्तमान सल्लाहकार ज्युहरु, आबद्द संघ संस्थाका प्रमुख एवं प्रतिनिधी ज्युहरु तथा समाजका पदाधिकारी ज्युहरूको व्यापक उपस्थिती रहेको थियो । परदेशको बसाई साथै व्यस्तताका बिच पनि हामीले गरेको दोस्रो प्रयासलाई महिला दिदिबहिनीहरूको उत्साह जनक उपस्थितीले महिला सशक्तिकरणअभियानमा ठुलो योगदान पुगेको हामीले महसुस गरेका छौं।

 

अन्त्यमा, उक्त विशेष कार्यक्रम सफल पार्नका लागि प्रायोजनको भूमिका निर्वाह गर्नुहुने अल दाहब एक्सचेन्जका प्रतिनिधी श्री लक्ष्मण अर्याल ज्यु , फ्युचर ट्रेन्डस कस्मेटिक म्यानुफ्याक्चरका प्रबन्ध निर्देशक समाजसेवी श्री प्रकाश कार्की ज्यु, श्री गायत्रा थापा ज्यु, श्री नमीता थापा ज्यु, श्री गनदेव घिमिरे ज्यु, श्री बाबुराम सुनार ज्यु ,अन्जुल कलेक्सनका प्रोपाइटर ज्यु लगायतका सहयोगी दाताहरू प्रति विशेष धन्यवाद् सहित यहाँहरु सबैको महत्वपूर्ण साथ र सहयोगले हामीले यस्ता कार्यक्रमहरु सम्पन्न गर्न सफल भएका महशुष गरे सँगै आगामी दिनहरुमा समेत यस्तै कार्यक्रम गर्नका लागि प्रयासरत रहने प्रण समेत गर्दछौ ।

 

महिला सचिव श्री रमा न्यौपाने पन्थ द्वारा कार्यक्रम संचालन गरिएको थियो। संचालित समारोहको पुरस्कार वितरण कार्यक्रमको संचालन भने महासचिव श्री जीवन पंगेनीले गर्नुभएको थियो ।सो प्रतियोगितामा सनातन गौ संरक्षण अभियान कि सरु रेग्मी ले प्रथम स्थान हासिल गर्नु भएको थियो भने दित्तिय स्थानमा सुदुर पश्चिमेली नेपाली समाज कि चन्द्रीका ओझा र तृतीय स्थान सिन्धुपाल्चोक सेवा समाज यूएई कि टासी डोल्मा शेर्पा ले प्राप्त गर्नु भयको थियो।


विजयी हुनेहरुलाई आकर्षक पुरस्कार र प्रमाण-पत्र वितरण गरिनुका साथै अन्य सहभागीहरुलाई पनि प्रमाण-पत्र र उपहार प्रदान गरिएको थियो। उक्त कार्यक्रमको संयोजन महिला विभाग प्रमुख श्री संगिता नेपाल अधिकारी ले गर्नु भएको थियो ।

अन्त्यमा,कार्यक्रम सम्पन्न गर्नका लागि महिला दिदिबहिनीहरूको सहभागितामा समन्वय गर्नुहुने सम्पूर्ण सम्मानित व्यक्तित्व, उपस्थित हुनु हुने प्रमुख अतिथी ज्यु, विशिष्ट अतिथिज्युहरू, अतिथि ज्युहरु, निर्णायक मण्डल ज्युहरू, तथा कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न खटिनु हुने हाम्रा सम्पुर्ण उपस्थित सामाजिक मनहरु, कार्यसमिति का पदाधिकारी साथीहरू प्रायोजक ज्युहरु तथा अन्य समस्त सामाजिक अभियन्ता ज्युहरू प्रति हृदय बाट नै धन्यवाद ज्ञापन तथा कृतज्ञता प्रकट गर्न चाहन्छौ।

 

(श्रोत : जीवन पंगेनी ज्यूको फेसबूक वाल)

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार