गुल्मीको मुसिकोट १ मा ४३ प्रतिशत मत खस्यो

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा दिउँसो १ बजेसम्म ४३ प्रतिशत मत खसेको छ।  वडाध्यक्ष पदका लागि अहिलेसम्म १७ सय ६० मत खसेको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिए।

आइतबार बिहान ७ बजेदेखि गुल्मीको मुसिकोट नगरपालिका -१ मा वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ। वडामा ४ हजार ९१ जना मतदाता रहेका छन्। वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ।

 

वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)बाट दलबहादुर थापा, नेपाली काङ्ग्रेसको तर्फबाट आनन्द श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट दुर्गा बहादुर बिक उम्मेदवार छन्। त्यस्तै यस उपनिर्वाचनमा देशको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वडाध्यक्षमा आफ्नो उम्मेदवार उठाएको छ। रास्वपाबाट विकास थापा प्रतिस्पर्धामा छन्।

 

त्यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीले इश्वरी खाती क्षेत्रीलाई  उम्मेदवार बनाएको छ। वडाध्यक्ष पदमा तीन जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। स्वतन्त्रतर्फ कुल बहादुर थापा, पोमानन्द खरेल र योगेन्द्र खनाल रहेका छन्। त्यस वडामा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएको थियो।  वडाध्यक्षको रिक्त पदमा अहिले उपनिर्वाचन गरिएको हो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार