कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

युएई हुँदै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-५ की ३२ वर्षीया कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका-६ का ५० वर्षीय माइला लामा तामाङ रहेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कुबेतमा घरलु काममा लगाइदिने र फ्रि भिषा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने पीडितलाई प्रलोभन देखाएका थिए। २०२३ जुलाई २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याई दुबईबाट भोलिपल्ट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याएर कुवेती घर मालिकलाई ९०० केडीमा बेचबिखन गरेको खुलेको ब्युरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक भावेश रिमालले बताए।

 

कुवेती घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरी राखेको अवस्थामा पीडित भागेपछि कुवेत प्रहरीले नियन्त्रणमा लिएर ट्राभल डकुमेन्ट बनाई दिएको थियो। त्यसपश्चात पीडित गत कात्तिक ९ गते नेपाल फर्किएका थिए। नेपाल फर्किएर ब्युरोमा जाहेरी दिएपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं-९ बाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक थप अनुसन्धान गरिरहेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार