घुससहित नायब सुब्बा यादव पक्राउ

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक यादव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार नायब सुब्बा यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

सवारी ज्यान मुद्दामा सवारीधनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकवालाले पटक-पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन अयोगमा दिएका थिए। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जनाएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार