सत्तारुढ दल नेकपा एमालेको काठमाडौंमा भइरहेको जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपीशर्मा ओली दरबारमार्ग पुगेका छन् ।
पार्टी अध्यक्षसमेत रहेका ओली सभालाई सम्बोधन गर्न सभास्थल दरबारमार्ग पुगेका हुन् ।भद्रकालीबाट सुरु भएको र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत भएको थियो । कार्यक्रमलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छन ।
र्यालीको नेतृत्व एमाले बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् ।जागरणसभाको संयोजकको जिम्मेवारी पाएका एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज डा। राजन भट्टराई पार्टी कामको सिलसिलामा कम्बोडिया जानु परेकाले ढुङ्गेलले जिम्मेवारी सम्हालेका हुन् । र्यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूको उपस्थिति रहेको छ । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।