सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, तोलाको १ लाख ६५ हजार नाघ्यो

स्थानीय बजारमा सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ। सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १५ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो। बिहीबार एक हजार रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार