आज एमालेको जागरण सभा

आज हुने नेकपा एमालेको जागरण सभामा १ लाख नागरिक उत्रिने बताएको छ। शुक्रबार बिहान ११ बजेबाट अराजकताविरुद्ध  जागरण सभा गर्न लागिएको जनाइएको छ। एमाले काठमाडौं, भक्तपुर र ललितपुरले आयोजना गर्ने जागरण सभाले समाजमा फैलिएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने, राष्ट्रिय सद्भाव कायम गर्ने र समाजलाई सही दिशातर्फ लैजानको लागि सहयोग पुग्ने बताएको छ।

 

एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले बिहान ११ बजे भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुने बताए। ‘सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नुहुने छ, हामीले १ लाख मान्छेको उपस्थितिमा कार्यक्रम सम्पन्न गर्ने लक्ष राखेका छौं, उनले भने। नेपाली समाजमा फैलाइएको सामाजिक अराजकतालाई चिर्न कार्यक्रम आयोजना गरिएको उनले बताए। निरौलाले एमाले माथि फैलाइएको भ्रम, सरकार र एमाले अध्यक्ष  ओलीलाई लगाइएका निराधार आरोप र लाञ्छना भोलिको कार्यक्रमले चिर्ने बताए।

 

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जागरण सभा विभाजनकारी शक्तिका विरुद्ध भएको बताए। उनले अराजकतावादीहरूको विरुद्ध एमालेले आफ्नो असलीरूप भोलिको कार्यक्रममा देखाउने उनले स्पष्ट पारे। ‘एमाले कमजोर भयो, पुराना पार्टीहरू सकिए भन्नेहरूले  शक्ति देख्ने छन्,’ उनले भने।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार