हवाइ हमलाको जोखिम भन्दै किभस्थित अमेरिकी दूतावास बन्द

युक्रेनको राजधानी किभस्थित अमेरिकी दूतावास एक दिनका लागि बन्द गरिएको छ। सम्भावित हवाइ हमलाको खास सूचना प्राप्त भएकाले दूतावास बन्द गरिएको जनाइएको छ। दूतावासले आफ्ना कर्मचारीलाई सेल्टरमा बस्न भनेको छ। त्यस्तै त्यहाँ रहेका अमेरिकी नागरिकहरुलाई पनि साइरन बजेमा तत्काल सेल्टरमा जान पनि भनेको छ। अमेरिकी दूतावासको सो सूचनापछि स्पेनी र ग्रिसेली दूतावास पनि बुधबारका लागि बन्द गरिएको छ।

 

रातभरि र बिहान पनि हवाइ हमलाको चेतावनी दिँदै साइरन बजेको थियो।   मंगलबार मात्र युक्रेनले रुसमाथि लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेको थियो। बाइडेन प्रशासनले अनुमति दिएलगत्तै युक्रेनले सो आक्रमण गरेको थियो। रुसले त्यसको सुहाउँदो जवाफ दिने चेतावनी दिएको छ। एजेन्सी

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार