रकम फिर्ताको माग गर्दै सहकारी पीडित आन्दोलित

सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरूले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरले सरकारले आफूहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् । सहकारी पीडितहरूको निर्णायक आन्दोलन भन्दै आयोजना गरेको प्रदर्शनका सहभागीहरूले पीडितहरूको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लगायतका प्लेकाड प्रदर्शन गरेका थिए ।

 

प्रदर्शनका क्रममा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न राजनीतिक दलका नेता लगायत सबै गम्भीर हुनुपर्ने बताए।  माइतीघरमा प्रदर्शन गरेपनि सहकारी पीडितहरू प्रदर्शन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । सो क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार