मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

 मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा काभ्रेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पनौती नगरपालिका-५ का ४२ वर्षीय स्कुटर चालक रामकृष्ण कुँवर रहेका छन्।

 

बनेपा–पनौती भित्री सडक खण्डमा मंगलबार दिउँसो ४:१० बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र. ०२-०२२ प ७५९७ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। सोही समयमा विपरीत दिशाबाट आएको बा. ७८ प ५९६५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक कुँवर गम्भीर घाइते भएका थिए।

 

कुँवरलाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मोटरसाइकल चालक धुलिखेल नगरपालिका-४ का २१ वर्षीय रिजन सुवाल र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार