सेयर बजार सामान्य अंकले वृद्धि, ११ अर्बमाथिको कारोबार

नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.९८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले घटेर ४८५.९१ विन्दुमा कायम भएको छ।

 

नेप्से सामान्य अंकले बढेपनि ११ अर्बमाथि कारोबार भएको  छ। यसदिन ३२६ स्क्रिप्सको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ रुपैयाँमा खरिदबिक्री भयो।

 

नेप्से सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था,स्वावलम्बन  लघुवित्त वित्तीय संस्था,अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

 

माण्डू हाइड्रोपावरको ९.७१ प्रतिशतले बढ्दा बराही हााइड्रोपावर पब्लिकको ९.२९ प्रतिशतले बढ्यो। यसदिन दु्ईवटा कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले  गुमाएका हुन् । ती कम्पनीको सेयर १० प्रतिशतले घटयो।

 

४५ करोड बढि मूल्यको कारोबार गरी नगदी ग्रुप शीर्षस्थानमा रह्यो।  यसैगरी समृद्धि फाइनान्सको ४१ करोड,जानकरी फाइनान्सको ३५ करोड,सिंगटी हाइड्रोपावरको ३४ हरोड र नेपाल फाइनान्सको २३ करोड बराबरको सेयर कारोबार भयो।

 

आज चारवटा समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।  बैंकिङ,फाइनान्स,मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।

 

कारोबारमा  आएका १४५ समूहको उपसूचक बढ्दा ९२ वटाको घट्यो। बाँकी ६ समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार