सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार निर्धारण भएको हो।

 

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुन १ लाख ६० हजार १०० रुपैयँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

 

शुक्रबार प्रतितोला चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार