दमकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट झापाको दमकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-३ निवासी ४५ वर्षीय मीनबहादुर भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

शनिबार राती २ बजे दमक नगरपालिका ३ स्थित दिपज्योति टोलमा जंगलबाट आएको एउटा हात्तीले स्थानीय सुविन भट्टराईको भान्सा घर भत्काउन खोज्दा छिमेकी भण्डारीसहित मानिसहरू हात्ती धपाउन निस्किएका थिए ।

सोही क्रममा हात्तीले एक सय मिटर परसम्म भण्डारीलाई लखेटी लछारपछार गरि घटनास्थलमै मारेको प्रहरीले जनाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकले अनुसंधान गरिरहेको जनाइएको छ ।

 

 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार