दार्चुला जीप दुर्घटना : घाइते तीन जनालाई सेनाको हेलिकोप्टरबाट धनगढी लगियो

दार्चुलामा जिप दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको छ।

 

दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए।

 

उनले घाइते दुई जनाको अवस्था भने सामान्य रहेको र उनीहरूको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको उल्लेख गरे।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार