ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

उदयपुरको छुट्टा–छुट्टै ठाउँमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार उदयपुरगढी गाउँपालिका २ गेर्खेमा प्र.१–०२–००२.त.९६१ नम्बरको र रौतामाइ गाउँपालिका १ डहरमा प्रदेश.०३–००१ त. ८१९० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो।

 

दुर्घटनामा भोजपुर हतुवागढी गाउँपालिका २ का १९ वर्षीय चालक निरज मगर र रौतामाई गाउँपालिका १ डहरका ४० वर्षीय चक्रबहादुर तामाङको ज्यान गएको उनले बताए। दुर्घटनामा घाइते भएका ताप्ली गाउँपालिका २ का २२ वर्षीय रमेश श्रेष्ठ, रौतामाई १ का १८ वर्षीय मनिषा तामाङ र सोही ठाउँका २३ वर्षीय सुरेश तामाङलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

 

उदयपुरगढीबाट ताप्लीतर्फ जाँदै गरेको उक्त ट्याक्टर आफैं अनियन्त्रित भइ रोडबाट ५० मिटर तल झरेको घटनाको सर्जमिनज मुचुल्का तयार गर्न पुगेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष कार्कीले बताए।

 

त्यसैगरी लिम्चुङ्गको गाउँपालिकाको डहरमा मेलामा गएको ट्रयाक्टर रौतामाई डहरस्थित भित्री सडक खण्डमा अनियन्त्रित भई सडकमै पल्टिएको डिएसपी चापागाईंले बताए। दुर्घटनामा ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए। घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार