संविधान संशोधनबारे छलफल हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले भने,‘दलहरुबीच छलफल जारी, संविधान संशोधन हुन्छ ।’

 

एक अर्को प्रसंगमा ओलीले देशको आर्थिक स्थिति क्रमिक रुपमा सुधार हुँदै गएको जिकिर गरे । ‘आर्थिक स्थितिमा क्रमिक सुधार आइरहेको छ, अहिले आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’

 

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दिक्षान्त समारोहमा सहभागी बन्न ओली आएका हुन् ।

करिव ८ वर्षपछि दिक्षान्त समारोह हुन लागेको हो । सन् २०१६ यता बीपीमा दिक्षान्त समारोह हुन सकेको थिएन । ओलीले विभिन्न संकायका ६ सय ५७ जना विद्यार्थीहरु दीक्षित गर्ने जनाइएको छ ।

 

 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार