अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् ।

 

डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् ।

 

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन् ।

 

अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज मध्ये बहुमतको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार