दोमुखा धार्मिक तथा पर्यटन संस्थाद्धारा बाल निकुञ्जलाई एक लाख सहयोग

शिबसताक्षी, १९ माघ – पूर्वकै प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थलको रुपमा परिचित झापाको दोमुखा पर्यटन विकास संस्थाले माइधारस्थित बाल निकुञ्ज माध्यमिक विद्यालयलाई रु १ लाख नगद सहयोग उपलब्ध गराएको छ ।

शिबसताक्षी–१० माइधारस्थित बाल निकुञ्ज माध्यमिक विद्यालयले स्कुल वस खरिद गर्न सहयोग अभियान सञ्चालन गरिरहेको समयमा दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाले स्कुल वस खरिदका लागि सहयोग उपलब्ध गराएको हो ।

बिहिबार, माइधारास्थित विद्यालयको कार्यालयमा एक कार्यक्रमबीच सहयोग रकम हस्तान्त्रण गरिएको दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाका अध्यक्ष धनप्रसाद लावोतीले बताए ।

सो सहयोग रकम संस्थाका अध्यक्ष धनप्रसाद लावोती, उपाध्यक्ष चुडामणी (रमेश) तिम्सिना, धार्मीकतर्फ उपाध्यक्ष सुमन संग्रौला, सचिव धनकुमार ढकाल र सहसचिव फणिन्द्र राईले विद्यालयका प्रधानध्यापक भुवानी थापा र सहायक प्रधानध्यापक बिष्णुप्रसाद खतिवडालाई हस्तान्त्रण गरेका थिए ।

बाल निकुञ्ज माध्यमिक विद्यालयले खरिद गर्न लागेको स्कुल वस दोस्रो स्कुल वस हो । यसअघि, विद्यालयमा सञ्चालित स्कुल वसले विद्यार्थीहरु ओसार–प्रसार गर्न पर्याप्त नभएपछि थप नयाँ स्कुल वस खरिद गर्न लागिएको विद्यालयका सहायक प्रधानन्यापक बिष्णुप्रसाद खतिवडाले बताए ।

विद्यालयले बस सञ्चालनका लागि दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाले रु १ लाख सहयोग हस्तान्त्रण गरेको र छिट्टै १ लाख सहयोग उपलब्ध गराइने अध्यक्ष लावोतीले बताए ।

विद्यालयका सहायक प्रअ खतिवडाले स्कुल वसका लागि आवश्यक रु ३० लाख जुटाउने अभियान भइरहेको र यसैअन्तर्गत दोमुखा धार्मीक तथा पर्यटन विकास संस्थाको सहयोगप्रति आभार व्यक्त गरे । वहाँका अनुसार बिद्यालयमा ८ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत छन् । माइधारदेखि उत्तरका गाउँदेखि महमाई इलामका विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार