हेटौंडा – पत्रकार एम पि शर्मा सम्मानित हुनुभएको छ । मकवानपुरगढी जेसिआईको हिजो (सोमबार) भएको प्रथम पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम उहाँलाई नगद ५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाई सम्म्मान गरिएको हो ।
मकवानपुरगढीको विकासमा पत्रकारिता मार्फत उहाँले पुर्याउनु भएको योगदानको कदर स्वरुप उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ । शर्मालाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सम्मान गर्नुभएको थियो ।