भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, १९ पुस । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन ।

दुई दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन ।

आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलसँग भेटबार्ता सम्पन्न गरे पछि बिदेशमन्त्री जयशंकरले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटबार्ता गर्नेछन भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटबार्ता गर्नेछन ।

लगत्तै १ः१५ बजेबाट त्यहाँ दुबै देशका मन्त्रीस्तरिय बैठक सुरु हुनेछ भने १ः४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

सो सम्झौता पछि बिदेश मन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटबार्ता हुनेछ, जसअनुसार ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटबार्ता हुनेछ भने ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता हुने जनाईएको छ ।

साँझ ६ः१५ देखी सोल्टी होटलमा बिदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्री भोजमा सहभागी हुने जनाइएको छ ।

आज दिनभर औपचारिक कार्यक्रममा ब्यस्त रहे पनि भोली भने भारतीय बिदेश मन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन, जसअनुसार भोली बिहान पशुपतिनाथको दर्शन गर्नेछन भने उनले पुर्ननिमार्ण भईरहेका भवनहरुको निरिक्षण गरेर १२ बजे अपरान्ह स्वदेश फर्कनेछन् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार