काठमाडौ, १६ पुस । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढेको छ ।
यससँगै सूचक ३.५४ अंकले बढेर २०७२.४५ अंकमा आएको छ ।
यो सेसनमा २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा ४४ कम्पनीको ४५ सय ६९ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ सय ८९ वटा कारोबार भएको हो