निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि सिके राउतलगायत पक्राउ

काठमाडौं, १६ पुस । निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत पक्राउ परेका छन ।

धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष राउतसहित उनका कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको हो ।

बबरमहलबाट माईतिघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले बताए । ‘धोती दिवस मनाउँन माईतिघर जान लाग्दा नेपाल आर्ट काउन्सिल, बबरमहलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरे महेन्द्र पुलिस क्लब ल्याएको छ,’  पुलिस क्लबमा रहेका साहले भने, ‘यहाँ ७३ जना छौं, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।’

उनका अनुसार माइतीघर–बानेश्वर क्षेत्रलाइ निषेधित क्षेत्र घोषणा गरेकाले पक्राउ गरिएको जानकारी उनीहरूलाइ प्रहरीले जानकारी दिइएको छ ।

मधेसी समुदायले अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ मा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।

राउतसमेतकाे पार्टीकाे समर्थनमा बनेकाे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले हालै माइतीघर-बानेश्वर क्षेत्रलाइ निषेधित क्षेत्र घाेषणाा गरेकाे छ । तर, त्यसकाे उलङघन गरे पछि सांसद राउतसहितलाइ पक्राउ गरिएकाे उपत्यका प्रहरी कार्यालय, काठमाडाैंले जनाएकाे छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार