हेटौंडा – हेटौंडा लेडी जेसिजको वर्ष-२०२४ का लागि अध्यक्षमा जेसी सजिता केसी निर्वाचित भएकी छिन् । शुक्रबार सम्पन्न निर्वाचन कार्यक्रममा केसी सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
हेटौंडा लेडी जेसिज वर्ष-२०२४ को कार्यकारिणी उपाध्यक्षमा जेसी सरस्वती थिङ केसी र जेसी नम्रता श्रेष्ठ निर्वाचित भएकी छन् । त्यसैगरी उपाध्यक्षमा जेसी रन्जु पुडासैनी, जेसी पबित्रा गुरुङ, जेसी सलोनी बाटाजु र जेसी सुनिता लुइँटेल निर्वाचित भएका छन् ।