ढुङ्गाले लागेर दार्चुलामा महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ।

भिरबाट खसेको ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आइतबार दिउँसो घर नजिकैको सडकमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको लागेर बडाल घाइते भएकी थिइन्। उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार