गाजाका २० सिकिस्त बिरामीलाई उपचारका लागि इजिप्ट जान अनुमति

गाजा, १३ पुस । गाजाको स्वास्थ्य मन्त्रालयले २० जना गम्भीर बिरामीलाई इजिप्टमा उपचारका लागि जाने अनुमति दिएको बताएको छ ।

टेलिग्राममा पोष्ट गरिएको जानकारी अनुसार गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजिप्टमा आपतकालीन उपचारका लागि २० जना बिरामीहरूलाई घेराबन्दीबाट बाहिर यात्रा गर्न अनुमति दिइएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यी बिरामीहरूलाई शुक्रबार बिहान राफा क्रसिङबाट यात्रा गर्न अनुमति दिइनेछ।’ यसरी उपचारका लागि बाहिर पठाउन सूचीकृत भएका २० बिरामीमध्ये टाउकोमा चोट लागेको एक महिनाकी बालिका पनि रहेकी छिन् ।

अब युसेफ अल नज्जर अस्पतालका मेडिकल निर्देशक डा. मारवान अल हम्स सहित गाजाका मेडिकल अधिकारीहरूले गम्भीर चिकित्सा अवस्था भएका बिरामीहरूलाई घेराबन्दी क्षेत्र बाहिर जीवन बचाउनको लागि गाजा छोड्न अनुमति दिन बारम्बार अनुरोध गर्दै आएका छन ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार