काठमाडौं – हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृत भएको थियो । कुल आवेदन भने १५ लाख ७३ हजार २१९ जनाले दिएका थिए । यीमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
कम्पनीमा आइपीओ आवेदन दिएर स्वीकृत भएका सबै आवेदकले १० कित्तादेखि ४० कित्तासम्म सेयर हात पारेका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३० कित्तासम्म आवेदन दिएका सबैले सेयर प्राप्त गरेका हुन् । ३० कित्ताभन्दा बढी आवेदन दिने २९ हजार २१ जनाले भने थप १० कित्ता सेयर पाएका छन् । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो ।
कम्पनीको नतिजा यसरि हेर्नसकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः www. iporesult.cdsc.com.np
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nmbcl.com.np
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login