सुनको मूल्य बढ्यो

काठमाडौं, ११ पुस : नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २०० रुपैयाँ बढेको हो ।

छापावाल सुन तोलामा एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यसदिन चाँदी एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार