शाहरुख खानको डंकीको भन्दा प्रभासका सालारको कमाई बढी

मुम्बई, ६ पुस । सुपरस्टार शाहरुख खानको फिल्म ‘डंकी’ हिजो अर्थात २१ डिसेम्बरमा रिलिज भएको छ ।

अब प्रभासको ‘सालार’ आज अर्थात २२ डिसेम्बरमा हलमा रिलिज हुने तयारीमा छ । शुक्रबार बक्स अफिसमा यी दुवै ठूला चलचित्र भिड्दैछन् । अचम्मको कुरा के छ भने प्रभासको ‘सालार’ ले अग्रिम बुकिङमा नै ‘डंकी’ को पहिलो दिनको कलेक्शनभन्दा बढी रहेको छ ।

साउथ सुपरस्टार प्रभासको फिल्म ‘सलार’ को टिकट अग्रिम बुकिङ मार्फत बिक्री भैरहेको छ । सकनिल्कको रिपोर्टका अनुसार यो चलचित्रको सबैभन्दा बढी टिकट तेलुगु संस्करणको बिक्री भएको छ, जसका कारण ‘सलार’को सबैभन्दा बढी कमाई २७ करोड भारु कमाएको छ । यसरी ‘सलार’ ले मलयालम संस्करणबाट १.७३ करोड र तमिल संस्करणबाट १.३२ करोड कमाइसकेको छ ।

‘सलार’को हिन्दी संस्करणबाट अहिलेसम्म निर्माताले अग्रिम बुकिङमा ३.५१ करोड रुपैयाँ मात्र कमाएका छन् । योसँगै कन्नड संस्करणका लागि फिल्मको २१ हजार ६६८ टिकट बेचेर ३८ लाख रुपैयाँ कमाईएको छ । यसरी प्रभासको ‘सालार’ ले रिलिजअघि नै ३४.४५ करोडको व्यापार गरिसकेको छ ।

तर, यो प्रारम्भिक अनुमान हो किनभने फिल्मको अग्रिम बुकिङ जारी छ र अबको केही घण्टामा यसको कलेक्शन अझै बढ्न सक्छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार