माल्टा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

काठमाडौं । माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका वीरेन्द्र उदास छन्।

५५ वर्षीय उदासलाई सातदोवाटोबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए। उदासले सविता गुरुङलाई माल्टामा ३ लाख तलब हुने जागिर लगाइदिन्छु भनेर ९ लाख रुपैयाँ रकम ठगेको आरोप छ। माल्टा जान २८ लाख लाग्ने भन्दै उनले सो रकम लिएका हुन्।

९ लाख रकम लिएर सम्पर्क विहीन भएका उदासलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार