आजको राशिफल : २०८० मंसिर २७ गते बुधवार

काठमाडौं : आज २०८० मंसिर २७ गते, बुधवार, १३ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष प्रतिपदा तिथि। ज्येष्ठा नक्षत्र, १२ः१० बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १२ः१० बजेपछि धनु।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला । प्रेमको डोरो पनि कसिलो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि रहेको देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफन्तसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज अनुहारमा चमक र मन प्रसन्न रहला । घरमा शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

तपाईंको दिन मङ्गलमय रहोस् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार