नेकपा एस सचिवालय बैठक, अध्यक्ष नेपालकाे महाधिवेसनकाे मिति सार्ने प्रस्ताव

काठमाडौं, १८ मंशिर । नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेसन सर्ने भएको छ । 

पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेसन सार्ने भएको हो  ।

जसका लागि बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका थिए ।

नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेसनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार