तान्जानियामा बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ बढी घाइते

तान्जानिया, १८ मंशिर । उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको ज्यान गएको छ ।

सो बाढी र पहिरोमा परी अहिलेसम्म अन्य ८५ जना घाइते भएका स्थानीय अधिकारीले जनाएका छन् ।

राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको जिल्ला आयुक्त जेनेथ मायान्जाले बताए।

‘आइतबारे साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको छ र ८५ जना घाइते भएका छन्,” उत्तरी तान्जानियाको मन्यारा क्षेत्रका क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्।

उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएकी छन् । मायन्जाले यस क्षेत्रका धेरै सडक हिलो, पानी र रुख र ढुङ्गाले अवरुद्ध भएकोसमेत बताएकी छिन् ।

तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन राष्ट्र संघीय जलवायु सम्मेलनको लागि दुबईमामा रहेको छन । उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन कि ‘बाढी पहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न थप सरकारी प्रयासहरू खटन आदेश दिन्छु ।’ 

‘हामी यस घटनाबाट धेरै स्तब्ध छौं,’ उनले तान्जानियाको स्वास्थ्य मन्त्रालयले अनलाइन पोस्ट गरेको भिडियो सन्देशमार्फत थप भनिन्।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार