‘डंकी’का सुटिङ पञ्जाबमा नभएर मुम्बइमा भएको थियो, बनाइएको थियो फिल्म सिटीमा मिनी पञ्जाब

मुम्बइ, १७ मंशिर । बलिउड सुपरस्टार शाहरुख खानको अर्को फिल्मले बक्स अफिसमा यतिबेला धुम मचाईरहेको छ । पछिल्ला दुई फिल्ममा उनले लगातार एक हजार करोडभन्दा बढी कमाइ गरिसकेका छन् । किंग खानको करियर सकियो कि भनेर प्रश्न उठाउनेहरूका लागि यो उपयुक्त जवाफ थियो । 

चार वर्षको लामो अन्तरालपछि यस वर्षको जनवरीमा शाहरुखको ‘पठान’ रिलिज भएको थियो र यसले बक्स अफिसमा विभिन्न रेकर्डहरू बनाएको थियो। त्यसपछि सेप्टेम्बरमा जब शाहरुख खानको ‘जवान’ आयो, यो फिल्मले ‘पठान’को रेकर्ड ध्वस्त पार्यो। यस्तो अवस्थामा यो वर्ष रिलिज हुने उनको तेस्रो फिल्म ‘डंकी’ को प्रतिक्षा बढेको छ ।

रिपोर्टका अनुसार शाहरुख खानको फिल्म ‘डंकी’ को कथा पञ्जाबको हो तर यो फिल्मको सुटिङ मुम्बईमा भएको थियो । पञ्जाबको सम्पूर्ण सेट मुम्बईमा बनाइएको थियो। पञ्जाबको गाउँका सबै दृश्यहरू मुम्बईको फिल्म सिटीमा खिचिएका थिए। यस चलचित्रका लागि फिल्म सिटीमा गाउँको सेट निर्माण गरी गाउँसँग सम्बन्धित दृश्यलाई यथार्थमा ल्याउनका लागि घर, बस्ती, बजारजस्ता गाउँ निर्माण गरिएको थियो । सोलापुरमा पनि फिल्मको केही दृश्य छायांकन गरिएको छ ।

किंग खानको फिल्म  ‘डंकी’ उनको कारणले पञ्जाबमा सुटिङ हुन नसकेको हो । वास्तवमा  ‘डंकी’ को पूरै सुटिङ शेड्युल ७५ दिनको थियो । यतिबेला शाहरुख खानको कार्यक्रम निकै व्यस्त थिए । यो सुटिङका ​​लागि बारम्बार पञ्जाब जाने समय उनीसँग थिएन । ‘डंकी’ सँगै ‘जवान’ को सुटिङ पनि चलिरहेको थियो, त्यसैले उनलाई मुम्बई बाहिर जान त्यति सजिलो थिएन । त्यसैले फिल्मको छायांकन वास्तविक स्थानमा नभएर मुम्बइमा सेट बनाएर खिचिएको थियो । 

पञ्जाबमा  ‘डंकी’ को सुटिङ नहुनुको अर्को कारण यो पनि हो कि कयौं पटक शाहरुख र सलमान जस्ता कलाकारलाई हेर्न सेटमा ठूलो भीड जम्मा हुन्छ । फिल्मका निर्देशक राजकुमार हिरानी यसबाट कुनै जोखिम लिन चाहँदैनन् । उनीहरु फिल्मको तस्विर भाइरल होस् भन्ने चाहँदैनथे, त्यसैले पञ्जाबमा छायांकन भएन ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार