उर्लाबारी जेसीज बर्ष-२०२४ को अध्यक्षमा नविन श्रेष्ठ सर्वसम्मत

मोरङ, १६ मंसिर : मोरङको उर्लाबारीमा रहेको उर्लाबारी जेसीज बर्ष-२०२४ को अध्यक्षमा नविन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । आज (शनिबार) उर्लाबारी जेसीजको सचिवालय भवनमा सम्पन्न शाखा अधिवेशनमा जेसीज बर्ष-२०२४ को अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त ऋषिकेश खनालले जानकारी दिनु भएको छ ।

यस्तै जेसीज वर्ष-२०२४ को कार्यकारणी उपाध्यक्षमा रोशन घिमिरे र निशान भट्टराई, उपाध्यक्षमा दिनेश निरौला, राजेश पौडेल, रोशन श्रेष्ठ र चेतराज श्रेष्ठ र जनसम्पर्क अधिकारीमा कुमारी चम्लागाई (ओझा) सर्वसम्मत निर्वाचित भएको खनालले जानकारी दिए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार