एमालेको पदयात्रा आज अमरगढी पुग्ने

काठमाडौं, १५ मंशिर । हिजोबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा  आज अमरगढी पुग्दैछ ।

हिजो झुलाघाटवाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो । 

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते 
चिवा भञ्ज्याङमा पुगेर समापन हुदैँछ ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार