भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

बझाङ, ९ मंसिर । बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।

लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी  शनिबार बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार