पुरानो तस्विरले दिलाएको थियो बबी देओललाई ‘एनिमल’मा भिलेनको रोल

मुम्बइ, ८ मंशिर । रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ यतिबेला चर्चामा छ । फ्यानहरु फिल्मको प्रतिक्षामा छन् । 

हालै एनिमलको ट्रेलर सार्वजनिक भएको छ, जसलाई देखेर दर्शकहरु निकै उत्साहित भएका छन् । ट्रेलरमा रणवीर कपुर बाहेक फिल्मका खलनायक अर्थात बबी देओलले सबैभन्दा बढी ध्यान तानेका छन् ।

बबी देओलको लुक्स र अभिनयको जताततै चर्चा भइरहेको छ । यसैबीच अभिनेताले भनेका छन् कि उनलाई यो भूमिकाको अफर कसरी आयो ?

बिहीबार दिल्लीमा एनिमलको ट्रेलर सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा फिल्मको सम्पूर्ण स्टार कास्टको उपस्थिति रहेको थियो । यसै क्रममा बबी देओलले आफ्नो एउटा तस्बिरका कारण आफूलाई यो भूमिकाको प्रस्ताव आएको खुलासा गरेका छन् । उनले यस्तो पात्र पाउँछन् भन्ने आशा थिएन । 

अभिनेताले भने, ‘एक दिन मलाई सन्दीप रेड्डीको फोन आयो र उनले मलाई भेट्न चाहन्छन् भने तर त्यो बेला मलाई थाहा छैन कि यो सन्दीप हो वा कसैले मसँग ठट्टा गरिरहेको छ।’

बबीले सन्दीपलाई भेट्दा बबीलाई आफ्नो पुरानो तस्बिर देखाए, त्यो तस्बिर त्यति बेलाको हो जब बबी कामको अभावमा सेलिब्रेटी क्रिकेट लिग खेल्थे । 

अभिनेताले भने, ‘सन्दीपले मलाई त्यो तस्बिर देखाए र भने कि म यसमा तिम्रो अभिव्यक्ति मात्र चाहन्छु। यो सुनेर मैले बेरोजगारी दिनमा काम गरौं भनें ।’

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार