दमक आज (शुक्रबार) देखि साताको एक दिन पुनः वन्द हुने

दमक, ८ मंसिर : दशै–तिहार र छठ लगायतका मुख्य चाड पर्वका समयमा शुक्रवार सधै खुला रहेको दमक बजार आज (शुक्रबार) देखि पुनः वन्द हुने भएको छ ।

साताको शुक्रवार बन्दै हुदैआएको दमकको वजार चाडपर्व सकिएलगत्तै अव भने शुक्रवार एक दिन वजार वन्द हुने भएको दमक उद्योग वाणिज्य संघले जनाएको छ ।

वाणिज्य संघले मंसिर ८ गतेदेखि साताको शुक्रवार एक दिन वजार वन्द हुने र त्यसप्रति ऐक्यवद्धता जनाईदिन आग्रह गरेको छ । संघले विहिबार सार्वजनिक सूचना निकालेर त्यस्तो सूचित गरिएको कार्यालय प्रमुख निरज विष्टले बताए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार