सहयात्रा ग्रुपले देउसीबाट संकलन गर्‍यो १ लाख ११ हजार

झापा । सहयात्रा ग्रुप नेपालले यो बर्ष संचालन गरेको मौलिक देउसी-भैलो कार्यक्रमबाट १ लाख ११ हजार संकलन गरेको छ । शनिबार आयोजित संस्थाको समिक्षा बैठक तथा हिसाब सार्वजनिक कार्यक्रममा देउसी-भैलोको आम्दानी सार्वजनिक गरिएको हो ।

सचेतना मुलक अभियान गर्दै सामाजिक कार्यमा सक्रिय रहेको संस्थाले यो बर्ष देउसी-भैलो कार्यक्रम मार्फत १ लाख ११ हजार ९ सय १३ रुपैयाँ रकम संकलन गरेको सहयात्रा ग्रुप नेपालका काेषाध्यक्ष तथा देउसी-भैलो कार्यक्रमका आर्थिक संयाेजक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष तिलक योञ्जनको अध्यक्षतामा अर्जुनधारा नगरपालिकाको खुदुनाबारी बजारमा बसेको बैठकमा विभिन्न उपसमितिका संयोजक तथा सहभागी सदस्यहरूले आफ्नो राय प्रस्तुत गरेका थिए ।

सहयात्रा ग्रुप नेपालले मौलिक देउसी-भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ । यो बर्ष संकलन भएको रकम लागुऔषध दुर्व्यसनी विरुद्धको कार्यक्रम, युवाहरुको क्षमता विकास, विभिन्न सचेतना कार्यक्रम र नेपाली मौलिक कला संस्कृतिको प्रवर्द्धनका निमित्त खर्च गरिने संस्थाका अध्यक्ष योञ्जनले जानकारी दिनुभयो ।

सहयात्रा ग्रुप नेपालले नेपाली मौलिक कला र सस्कृतिको संरक्षण प्रवर्द्धन गर्ने उदेश्य राखेर २०७६ सालबाट मौलिक देउसी-भैलो कार्यक्रम संचालन गर्दै आएको छ । 

२०७५ सालमा स्थापना भएको सस्थाले विगत देखिनै विभिन्न सामाजि कार्य गर्दै आएको सचीव मदन भट्टराई (जितु) ले जानकारी  दिनुभयो । उहाँका अनुसार झापा र इलामका करिब ५१ जनाले सस्थाको सदस्यता लिएका छन् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार