त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै

काठमाडौँ, १ कात्तिक : नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ ।

टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार