इरानी बिदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल बिरूद्द एक हुने बेला भयाे’

तेहरान, १ कार्तिक । गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ । 

अस्पतालमा आक्रामण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ बिरुद्ध विश्वलाई एक हुन आब्हानसमेत गरेको छ । 

गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विष्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’ 
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार