काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

काठमाडौं, ३० असोज । काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ।

म‌ंगलबार साँझ साढे ५ बजे पनौती नगरपालिका-१० दाहालटारमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको हो। 

दुर्घटनामा स्कुटर चालक पनौती नगरपालिका-७ बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु छ। 

दुर्घटनापछि उनी र स्कुटर पछाडि सवार १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका थिए। उनीहरूको उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा इरोज ताम्राकारको पौने ७ बजे मृत्यु भएको हो। 

प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार