झापा, २९ असोज – झापाको शिवसताक्षी–८ झिलझिलेमा दशै र तिहारलाई लक्षित गरेर मिनी मेला लाग्ने भएको छ ।
समाजसेबी क्लबको आयोजनामा हने मेलाको बिषयमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । प्रथम समाजसेबी सांगितिक तथा संस्कृतिक मिनि मेला पुरानो हाटखोलामा यहि कात्तिक ४ गतेदेखि ११ गतेसम्म संचालन हुने क्लबका सचिब नरबहादुर लिम्बुले जानकारी दिएका छन ।
दशै–तिहार छैठलाई लक्षित गर्दै स्थानीयहरुको मनोरञ्जनका लागि मिनि मेला लगाउने पत्रकार सम्मेलनमा बताइएको छ । संस्थाका सल्लाहकार संयोजक राजु त्रिखत्रीका अनुसार मेलालाई मनोरञ्जनात्मक बनाउन पहिलो दिन नेपाल आइडलका रनरअप विश्वास उप्रेतीले साँगितीक प्रस्तुती दिने छन् ।
त्यस्तै, ५ गते भ्वाइस अफ नेपालका जीवन साम्पाङ भ्वाइस आफ किड्सकी बाल कलाकार नुमा राईले प्रस्तुती दिने छन् । त्यस्तै, ६ गते राष्ट्रिय कलाकार डम्बर नेपाली, ७ गते श्रीकृष्ण लुईटेल (बोकेदारी) को प्रस्तुती रहने छ भने ८ गते स्थानीय बेण्ड द लिजाड ब्याण्डको दमदार प्रस्तुती रहने छ । त्यस्तै, ९ गते मिलन परियार र १० गते जोनी एण्ड द व्याण्डको प्रस्तुती रहने छ ।
मिनि मेला आयोजक समितिका संयोजक प्रताप खापुङका अनुसार ११ गते नेपालको ख्याति प्राप्त कुनै एक कलाकार ल्याइने जानकारी गराएका छन् । निशुल्क प्रवेश रहेको मनोरञ्जनात्मक मिनि मेलालाई झिलझिले इभेन्ट फ्यान क्लबले इभेन्ट म्यानेजमेन्ट गर्ने बताइएको छ ।
मेलाको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशनले) गर्ने कार्यक्रम रहेको मिनि मेलामा बालबालिका लक्षित खेल तमासा लगायत अन्य मनोरञ्जनका सामाग्रीका स्टलहरु रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।