हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भईरहेछ भाइरल

तेलहविव, २६ असोज : हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । 

आक्रमणमा बाँचेकाहरुले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्विर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्।

अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरुले एकअर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्विर पोष्ट गरेका छन् । उनले सोचे कि यो उनको अन्तिम चुम्बन हुनेछ। दुबैले झाडीमा भागेर आफ्नो ज्यान बचाए तर यही क्रममा उनीहरू आफ्नो साथी जीवबाट अलग भए। उनका साथी, जसको नाम जीव थियो, उनी अरुलाई सहयोग गर्न निस्किएका थिए र अहिलेसम्म उनको कुनै पत्ता लागेको छैन।

अमितले इन्स्टाग्राममा नीरका लागि खुला पत्र लेखेका थिए, जसमा उनले त्यो भाइरल तस्विर पनि पोस्ट गरेका थिए। अमितले लेखेका छन्,  ‘जीव बिना हामीले गुज्रिएको दुःखलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । ऊ घर नआएसम्म सबै कुरा समाप्त हुँदैन। तर हामीलाई एउटा चमत्कार भयो। 

रकेटबाट हमला सुरु भएको अमित बताउँछन्, ‘हामी आफैंलाई ढुक्क भइरहेका थियौं कि तिनीहरूले हामीमाथि हानेको बम खस्दैनन् र सबै ठीक हुन्छ।’ तर, अचानक चारैतिर गोलीको आवाज आएको र मानिसहरु लडिरहेका देखेको उनले बताए । आतंककारीहरू मोटरसाइकलमा बसेर चारैतिर घुमिरहेका थिए । उनले अरुलाई पनि गोली हानेका थिए । कुनै न कुनै तरिकाले ज्यान जोगाएर झाडीमा लुकेर बस्यौँ । हामी शान्तिपूर्वक लुकेका थियौं ताकि हमासका आतंककारीहरू यहाँबाट जान सकून्।

अमित बताउँछन् कि यो डरलाग्दो क्षणमा नीरले सेल्फी लिन भनेका थिए ताकि यो डरलाग्दो क्षणलाई कैद गर्न सकियोस्। उनीहरुलाइ लागेको थियो, यस गोलीकाण्डमा अब बाँच्ने पक्का नै थिएन । सुरुमा अलिकति हिचकिचाए तर पछि राजी भएको अमितले बताए । उनले सोचे कि, यो उनको अन्तिम सम्झना हुन सक्छ। त्यसपछि दुवैले चुम्बन गरे र उनको तस्विर क्लिक गरे र आफूसँग राखे, जो अहिले जीवन बाँचे पछि इन्स्ट्रागममा राखे पछि भाइरल भइरहेको छ । 
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार