राजमार्गमा बाँदर अत्याधिक देखिएपछि दुर्घटनाको जोखिम बढयाे

महाेत्तरी, २४ असोज । तराईको पुर्व-पश्चिम राजमार्गमा बादरको कारण दुर्घटनाकाे खतरा बढेको छ ।

सामुदायिक बन, साझेदारी बन र सागरनाथ बन परियोजनामा रहेका बादरहरु सडकभरी उत्रदा दुर्घटनाकाे खतरा वढेको हो ।

खाना खोज्दै राजमार्गमा निस्किएका सयौं बादरहरु यात्रुहरुले खाना दिने आशामा निस्किएका हुन्छन । तिब्र गतिमा गुडिरहेका कतिपय सवारी साधनले किचेर मारेका धेरै बादरहरुको लास सडकमा अलपत्र देखिन थालेकाे छ ।  विशेषगरी महोत्तरीको बर्दिवास देखि सर्लाहीको लालबन्दी जाने सडकको विचका विभिन्न ठाउँमा बादरहरुले सडक नै जाम गर्ने गरेका छन् ।

यो विचमा सागरनाथ बन परियोजना देखी सामुदायिक बन र साझेदारी बन रहेका छन, त्यहाँ रहने बाँदरले खानाकाे खाेजीमा राजमार्गमा निस्के पछि हैरानी बढेकाे छ। माइस्थान सामुदायिक बन, टुटेस्वर साझेदारी बन, बाँके मरहा साझेदारी बन, फुलजोर साझेदारी बनहरू यही राजमार्गमा जाेडिएका कारण हैरानी बढेकाे स्थानीय रामप्रसाद सापकाेटाले जानकारी दिए ।

डिभिजन वन कार्यालय महोत्तरीका अधिकृत भिमबिक्रम खडका यात्रुहरुको कारणले पनि बादरहरु सडकमा आउने गरेको बताउँछन । ` यात्रुहरुले खाना सडकको छेउमा फ्याक्ने गर्छन र सोही खाना खानका लागी सडकमा उनीहरू आउने गर्दछन्,´ उनले भने । पछिल्लो समय वन अतिक्रमण, फडानी र तस्करीका कारण जंगलका बादरहरु बस्ती पस्न लागेको बनका कर्मचारीहरुको भनाई छ ।

यही अवस्था रहने हो भने सवारी दुर्घटना अधिक हुने जिल्ला ट्राफिक कार्यालयको समेत निष्कर्ष छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीका सुचना अधिकारी दिपेश रायका अनुसार पछिल्लो १ महिना भित्र यही राजमार्गमा ३ जनाको मृत्यु भएको छ भने ५२ वटा भन्दा बढी दुर्घटना भएका छन ।

राजमार्गमा निस्केर सडक जाम गर्ने बादरहरुको बिषयमा नसोच्ने हो भने मुख्य दुर्घटनाको कारक यही बन्ने यात्रुहरुले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार